images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ११.१० अंकले घटेर दुई हजार ६५४.३५ बिन्दुमा बजार बन्द भएको छ ।

    images
    images

    आज कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब २० करोड ३० लाख रुपैयाँको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर कारोबार भएको छ ।

    बिहीबार विकास बैंक र उत्पादन तथा प्रशोधनबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य घटेको छ । २४३ कम्पनीमध्ये १५० कम्पनीको शेयर घटेकोमा ८६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बाँकी ७ कम्पनीको शेयर स्थिर रहेको छ ।

    images
    images

    यसदिन तीन वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो ।  यस्तै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend