images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमा कम्पनीद्वारा २० अर्ब ८८...

निर्जीवन बीमा कम्पनीद्वारा २० अर्ब ८८ करोड बीमा शुल्क संकलन, कुनको कति ?

निर्जीवन बीमा कम्पनीद्वारा २० अर्ब ८८ करोड बीमा शुल्क संकलन, कुनको कति ?

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

    images
    images

    नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार, यी कम्पनीहरूले ६ महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन्। यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ६ महिनामा दुई अर्ब ५९ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दोस्रो स्थानमा आफूलाई सुरक्षित राख्दै दुई अर्ब ५५ करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ।

    त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब १३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ भने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ७३ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ७१ करोड रुपैयाँको व्यवसाय गरेका छन्।

    images
    images

    त्यसैगरी, नेको इन्स्योरेन्सले  १ अर्ब ६६ करोड रुपैयाँ ,एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड रुपैयाँको व्यवसाय गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend