images

२०८३ आश्विन ३० गते

images
images
images

एकै पटक १५ वित्तीय संस्थाका सीईओ राष्ट्र बैंकको कारबाहीमा

एकै पटक १५ वित्तीय संस्थाका सीईओ राष्ट्र बैंकको कारबाहीमा

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात वटा विकास बैंक र आठ वटा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही स्वरूप सचेत गराएको हो ।

    images
    images

    पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशङ्का भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणबाट तयार गरी यस बैंकमा प्रतिवेदन पेस भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लङ्घन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।’

     कारबाहीमा पर्ने विकास बैंकका सीईओहरुमा लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोसी डेभलपमेण्ट बैंकका छन् । यसै गरी कारबाही स्वरूप सचेत पाउने फाइनान्स कम्पनीका सीईओहरुमा समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेको राष्ट्र बैंकले जनाएको छ ।यसै गरी यस आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियामयकी व्यवस्था उल्लङ्घन गरेको आरोपमा राष्ट्र बैंकले ती संस्थालाई कारबाही गरेको हो ।

    images
    images

    यसरी कारबाही भोग्नेमा गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स छन् । गरिमा विकास बैंकले कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएपछि सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । स्थलगत निरीक्षणका क्रममा कालोसूचीमा रहेको ऋणीलाई कर्जा दिएपछि बैंकलाई राष्ट्र बैंक सचेत गराएको हो ।केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ भने अहिले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।

    पोखरा फाइनान्सको सञ्चालक समितिले आफै वा आफू अन्तर्गतका समितिमार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्या उन्मुख अवस्थामा पुग्न गएकाले सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो । सञ्चालक समिति र त्यसअन्तर्गतका अन्य समितिले पर्याप्त निगरानी नराख्दै फाइनान्स समस्या उन्मुख अवस्थामा पुगेकोले फाइनान्सको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको हो ।सेन्ट्रल फाइनान्सले भने राष्ट्र बैंकले तोके अनुसारको अनिवार्य नगद मौज्दात कायम नगेपछि ९ हजार १०६ रुपैयाँ नगद जरिवाना गराएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend