images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकमा मौलाउँदै बेथिति, निक्षेपकर्ताको गुनासो...

हिमालयन बैंकमा मौलाउँदै बेथिति, निक्षेपकर्ताको गुनासो बढ्दो

हिमालयन बैंकमा मौलाउँदै बेथिति, निक्षेपकर्ताको गुनासो बढ्दो

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  पछिल्लो समय हिमालयन बैंक सुशासन भंग गर्ने बैंकका रूपमा चिनिँदै आएको छ। जनताको निक्षेपमा हदसम्मको लापरबाही गरेको कारण बैंकप्रति नागरिकको गुनासो बढ्दो क्रममा रहेको छ। केन्द्रीय बैंकले पनि यस बैंकलाई बारम्बार कारबाही गर्दै आएको छ।

    images
    images

    बैंकको मौलाउँदै गएको बेथिति र समस्याहरूको असर बैंकको वित्तीय विवरणमा पनि देखिन थालेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरणका अधिकांश सूचक नकारात्मक रहेका छन्, जसले निक्षेपकर्तालाई तनाव दिएको छ। पुससम्म बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी १३.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ।

    यसैगरी, बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। विगतमा मनलाग्दी लगानी गरिएको कर्जा असुलीसमेत हुन नसक्दा बैंकमा समस्या उत्पन्न भएको छ। चालु आर्थिक वर्षको पुससम्ममा बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ४.९५ प्रतिशत थियो। यसरी हेर्दा, बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ।

    images
    images

    हिमालयन बैंकले यसपटक पनि कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरणअनुसार लाभांश नदिने निर्णय गरेको हो। यसले गर्दा लगानीकर्तामा निराशा पैदा गरेको छ, किनभने बैंकले लगातार २ वर्षसम्म लाभांश वितरण गरेको छैन।हिमालयन बैंकले आन्तरिक सुशासन कायम नगर्ने र मनलाग्दी कर्जा प्रवाह गर्नेलगायतका घटनासमेत बाहिर रहेका छन्। यसले गर्दा समय-समयमा बैंकले कारबाही भोग्दै आएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि बैंकलाई कारबाही गरेको हो।

    बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले कर्जा सापटको वर्गीकरण भाखा नाघेको आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरूको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई सचेत गराएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend