images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • माघ २१ देखि ओम मेगाश्री...

माघ २१ देखि ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ खुला गर्ने

माघ २१ देखि ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ खुला गर्ने

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ गतेदेखि पहिलो चरणको प्राथमिक शेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले यो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता शेयर खुला गर्न लागेको हो।

    images
    images

    कम्पनीले ६० करोड पुँजीको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँबराबरको आइपीओ नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि निष्कासन गर्न लागेको हो। यसमा वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा, तथा सीडीएससीको मेरो शेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। आइपीओ माघ २१ गतेदेखि फागुन ५ गतेसम्म खुला हुनेछ। यो आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

    ओम मेगाश्री फर्मास्युटिकल्सले युरोपियन गुड म्यानुफ्याक्चरिङ स्ट्यान्डर्डअनुसार औषधि उत्पादन गर्दै आएको छ। चितवनको भरतपुरमा रहेको यो कम्पनी गैरआवासीय नेपाली, औषधि व्यवसायका विज्ञहरू, र विशेषज्ञ डाक्टरहरूको सहभागितामा स्थापना भएको हो। हालसम्म कम्पनीले ३१ प्रकारका औषधि उत्पादन गरिरहेको छ भने अन्य २५ प्रकारका औषधिको उत्पादन अनुमतिको प्रक्रिया जारी रहेको छ।

    images
    images

    कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ। यो नाफा आर्थिक वर्ष २०८३/८४ सम्म ८ करोड ४६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यस्तै, सञ्चालन आय चालु आर्थिक वर्षमा ३० करोड ३ लाख रुपैयाँ रहनेछ भने आगामी तीन वर्षभित्र ६९ करोड ९१ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।कम्पनीले प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षमा ५.७३ रुपैयाँ पुग्ने र २०८३/८४ मा १४.१० रुपैयाँसम्म बढ्ने अनुमान गरेको छ। प्रतिशेयर नेटवर्थ भने हाल ९८.११ रुपैयाँ रहेको छ।ओम मेगाश्री फर्मास्युटिकल्सले केयर रेटिङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।

    कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले औषधि क्षेत्रमा सर्वसाधारणमा शेयर जारी गर्ने यो पहिलो कदमले अन्य फर्मास्युटिकल कम्पनीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend