images

२०८३ आश्विन २१ गते

images
images
images

गोदाममा मल छ, किसानले पाउँदैनन्

गोदाममा मल छ, किसानले पाउँदैनन्

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले पाएका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या यकिन नगर्दा किसानले मल नपाएका हुन् ।

    images
    images

    कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या यकिन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए । 'प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ,' उनले भने, 'मन्त्रालयबाट पत्र आउन ढिला भएका कारण समस्या परेको हो । पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ ।'

    लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेश प्रदेशको सिरहामा रासायनिक मल वितरण गर्दै आएको छ । प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सङ्ख्या उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ ।

    images
    images

    प्रक्रियागत त्रुटिका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् । तर, कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिकटन डीएपी र सात सय मेट्रिकटन युरिया मल मौज्दात रहेको कार्यालयले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend