images

२०८३ आश्विन २१ गते

images
images
images

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • गलकोट ।  बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बागलुङको स्थानीय उत्पादनले बजार पाउन थालेको छ । 

    images
    images

    उनीहरूले कोसेलीका रूपमा बागलुङमा उत्पादन भएको भांगोदेखि गुन्द्रुकसम्म लैजान थालेका छन् । बागलुङका कुनाकाप्चामा उत्पादन भएको जैविक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घले सघाउन थालेपछि आगन्तुकको कोसेलीका रूपमा स्थानीय उत्पादन पर्न थालेको छ ।

    गुन्द्रुक, भांगो, भटमास, मह तथा नेपाली हातेकागज, ऊनबाट बन्ने कपडा, अल्लोबाट उत्पादन भएका लत्ताकपडा, ढाकाका कपडा, बाँसको काइयो, ठेकीलगायत सामग्रीलाई आगन्तुकले कोसेलीका रूपमा लान थालेका छन् । तीन महिनादेखि उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको कोसेली घरका सामग्री स्थानीयभन्दा आगन्तुकको रोजाइमा पर्न थालेको पाइएको छ । 

    images
    images

    स्थानीय उत्पादनलाई बागलुङको पहिचानसँग जोडेर बजारीकरण गर्दा गाउँका सामग्रीले समेत मूल्य पाउने र बागलुङ घुम्न आएका पाहुनालाई कोसेली बन्ने गरेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । स्थानीय उत्पादनको खरिद गरी ‘ब्रान्डिङ’ उद्योग वाणिज्य सङ्घले गर्न थालेपछि आगन्तुकको रोजाइमा पर्न थालेको हो । २० लाख लागतमा कार्यालय परिसरमै सञ्चालन गरेको कोसेली घरमा भ्रमणमा आउने पाहुनाले केही न केही स्थानीय उत्पादन खरिद गरेर लैजाने कँडेलको भनाइ छ । उद्यमीहरूबाट उत्पादित कृषिजन्य जैविक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरू बिक्री भइरहेका छन् । 

    ‘बागलुङलाई अध्ययन तथा अवलोकन भ्रमणको गन्तव्यका रूपमा लिइन थालिएको छ, दैनिकजसो कोसेलीघरमा आगन्तुकले रोचक मानेर अवलोकन गर्ने र आफूलाई मन परेको जैविक कृषि उपज तथा सजावटका हस्तकला खरिद गरेर लैजान्छन्’, कँडेलले भने, ‘गुन्द्रकु, भांगो, टिमुर यहाँको ब्रान्ड हो, उत्पादन गर्न सके बजारीकरण उद्योग वाणिज्य सङ्घले गर्छ भनेपछि किसान उत्साहित भएका छन्, बागलुङमा उत्पादन भएको कृषि उपज तथा हस्तकला आगन्तुकको कोसेलीका रूपमा बिक्री भइरहेको छ ।’

    कोसेली घरमा गुन्द्रकदेखि काठको ठेकीसम्म, सांस्कृतिक र पर्यटकीय स्थलको फोटोदेखि गुन्द्रीसम्म पाइने भएपछि आगन्तुकको रोजाइमा कोसेलीघर परेको छ । उनले भने, ‘मासिक एक लाखसम्मको स्थानीय उत्पादन बिक्री गर्ने हाम्रो लक्ष्य छ, कोसेलीघरले गाउँका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरको छ ।’कोसेलीघरलाई दिगो बनाउन चार लाखको कोषसमेत स्थापना गरिएको छ । कोसेलीघरमा रहेको माने ठेकी र सिन्की खरिद गरेको चितवनबाट बागलुङको कालिका मन्दिर दर्शन गर्न आएका पर्यटक शान्ताराम रानाले बताए। उनले कोसेलीघर अवलोकन गर्दा स्थानीय उत्पादन र सजावटका मौलिक सामग्री देख्न पाइएको बताए। 

    ‘चितवनबाट आएकाले भांगो, गुन्द्रुक र भटमास नौलो लाग्न सक्छ, हाम्रो जीवनमा आवश्यक खाद्यान्न र सजावटका सामग्री रहेछन्’, रानाले भने, ‘किसानको उत्पादन बिक्री हुने र आगन्तुकको कोसेली बन्नेछ, उद्योग वाणिज्य सङ्घको सक्रियता पनि बढ्ने छ ।’बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालय लगायतका कारण पछिल्लो समय बागलुङ अध्ययन अवलोकन भ्रमणको गन्तव्य बन्दै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend