images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • रूकुम पश्चिमको एउटै पालिकाबाट रू छ...

रूकुम पश्चिमको एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

रूकुम पश्चिमको एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • रूकुम पश्चिम, ८ माघ । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भए सँगै एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री भएको छ ।

    images
    images

    गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन भने वृद्धि भएको हो । अदुवा उत्पादन वृद्धिसँगै मूल्य पनि बढेको छ ।

    यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।

    images
    images

    प्रत्येक किसानले दुई रोपनी भन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएको पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

    कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टल भन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रू तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उहाँले उल्लेख गर्नुभयो ।

    गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेको प्रमुख पुनले बताउनुभयो । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

    व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनु भएका त्रिवेणी–४ खुम्चेरीका नर बहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रू एक लाख आम्दानी गरेको बताउनुभयो । बीस वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दा मौसममा रू दुई लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो ।

    त्रिवेणी–६ बाँठाकोटका कृषक कमल प्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताउनुभयो । अदुवा गाउँबाटै प्रतिक्विन्टल रू पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रू १२ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend