images

२०८३ आश्विन २१ गते

images
images
images

पानीले धोएर पनि नजान सक्छन् फलफूलमा रहेका कीरा, यसरी हटाउनुहोस्

पानीले धोएर पनि नजान सक्छन् फलफूलमा रहेका कीरा, यसरी हटाउनुहोस्

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । फलफूल र तरकारीले शरीरलाई धेरै प्रकारका भिटामिन र खनिज प्रदान गर्छन्। तर, यी खाद्य वस्तुहरू राम्रोसँग सफा नगरी खाइयो भने तिनमा रहेका कीराहरूले शरीरलाई हानी पुर्‍याउन सक्छन्। 

    images
    images

    यी कीराहरू निकै खतरनाक हुन्छन् र पेटमा गएर गम्भीर समस्या सिर्जना गर्छन्। यस्तो अवस्थामा फुड प्वाइजनिङ हुन सक्छ । जसले लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने समस्या उत्पन्न गर्छ।

    यसका अलवा फलफूल र तरकारीमा विषादी पनि हुन्छ । यी विषादीहरू खेतीको बेला कीरा मार्न प्रयोग गरिन्छन् । तर, सही तरिकाले सफा नगर्दा ती हाम्रो शरीरमा पुग्छन्। विशेषज्ञहरूले खाने कुरामा विषादीको अत्यधिक मात्राले क्यान्सरको जोखिम बढ्ने बताएका छन्।

    images
    images

    धेरै मानिसलाई लाग्छ कि पानीले धोएपछि फलफूल र तरकारीको फोहोर हटिसक्छ। तर, कीरा र विषादी पानीले मात्रै हट्दैनन्। यी आँखाले देख्न नसकिने तर, खतरनाक हुन्छन्। आयुर्वेदमा यसलाई सही तरिकाले सफा गर्ने उपाय बताइएको छ। आयुर्वेदिक विशेषज्ञ डा. रेखा राधामोनीले यसको विधि सुझाएकी छन् । आउनुहोस् जानीराखौं :

    यी खाद्य वस्तुहरूमा हुन्छ बढी फोहोर
    अंगुर
    आरु
    स्ट्रबेरी
    पालुंगो
    केरा
    स्याउ
    फलफूल र तरकारी सफा गर्ने सही विधि:
    १. एक भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा थोरै बेसार मिसाउनुहोस्।
    यो मिश्रणमा फलफूल वा तरकारीलाई डुबाएर राम्ररी मोल्नुहोस्। यसले खतरनाक ब्याक्टेरिया र किटाणुहरूलाई नष्ट गर्छ।

    २. ४:१ को अनुपातमा पानी र स्याउको सिरका (एप्पल साइडर भिनेगर) मिसाउनुहोस्। यदि ४ गिलास पानी लिँदै हुनुहुन्छ भने १ गिलास स्याउको सिरका मिसाउनुहोस्। यस घोलमा फलफूल वा तरकारीलाई १० मिनेटसम्म डुबाएर राख्नुहोस्। यसले सबै फोहोर हटाउँछ।

    ३. यदि माथिका विधिले पनि तपाईं सन्तुष्ट हुनुहुन्न भने, थप एक कदम लिन सक्नुहुन्छ। २ कप पानीमा १ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। फलफूल वा तरकारीलाई यसमा १० मिनेटसम्म डुबाएर राख्नुहोस्।

    ४. तेस्रो तरिका चाहिँ पित्त हुने मानिस, छालाको एलर्जी वा एक्जिमाका बिरामीले गर्नु हुँदैन। बाँकी सबैले तेस्रो स्टेपपछि फलफूल र तरकारीलाई फेरि मनतातो पानीले धोउनुहोस्। यसपछि कुनै पनि फोहोर वा हानिकारक तत्व बाँकी रहँदैन।

    पुनश्च : यो जानकारी सामान्य उद्देश्यका लागि हो। यसले कुनै औषधि वा उपचारको विकल्प दिन सक्दैन। थप जानकारीका लागि सधैं चिकित्सकसँग परामर्श गर्नुहोस्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend