images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक...

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक स्थापना दिवस सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक स्थापना दिवस सम्पन्न

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला  (ब.सु.पू.) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो आठौं वार्षिक स्थापना दिवस आज मिति २०८१/१०/०७ गते  एक कार्यक्रम गरी मनाएको छ ।

    images
    images

    मिति २०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा मिति २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी रु. ४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको छ ।

    संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई  अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी नेपालका सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम संचालन गरेको छ ।

    images
    images

    आठौं वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम शाखा भरतपुुर, चितवनलाई सहयोग वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण कुमार लामाले गर्नु भएको थियो । वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले १०,५०७० सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ३५६३४ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ५ अरब ६५ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब ३३ करोड रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend