images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक,...

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक, आम्दानी ४ करोड २४ लाख, घाटा ३२ लाख

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक, आम्दानी ४ करोड २४ लाख, घाटा ३२ लाख

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०/०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको बताए ।

    images
    images

    पौडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको पौडेलको छ । त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रुपैयाँ खर्च भएको छ भने ३२ लाख ८७ हजार १६४ रुपैयाँ पार्टी घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 

    पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ । 

    images
    images

    सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत  रहेको प्रमुख पौडेलले जानकारी दिए ।

    12

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend