images

२०८३ आश्विन १६ गते

images
images
images

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • नेपालगञ्ज (बाँके) । लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा बाँकेका लागि ७१ योजना बनाएको छ  । पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख टङ्क खनालले जिल्लामा साना तथा ठूला पूर्वाधार, तालिम तथा प्रवर्द्धनका लागि योजना ल्याइएको जानकारी दिए ।

    images
    images

    यसक लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । योजनामा धार्मिक स्थल, ताल तथा तलैयालगायतका क्षेत्रमा पूर्वाधार निर्माण रहेका छन् ।

    प्रदेश सरकारले चालु आवका लागि बाँकेसहित दाङ र बर्दियामा आदिवासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि आठ करोड बजेट विनियोजन गरेको छ । नेपालगञ्जमा नेपालगञ्ज सांस्कृतिक महोत्सव, फोटोग्राफी महोत्सव तथा तालिमका लागि १० लाख, थारुलोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता बैजनाथ, कोहलपुर, राप्तीसोनारीमा सञ्चालनका लागि पाँच लाख विनियोजन गरेको छ ।

    images
    images

    पर्यटन डिभिजन कार्यालयले बाँकेमा थारु नाच र मादल बनाउने कला प्रवद्र्धन तालिम तथा आवश्यक सामग्री वितरणका लागि राप्तीसोनारी र बर्दियाको राजापुर नगरपालिका वडा नं २ का लागि पाँच लाख छुट्टाएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित बैसापार्क पूर्वाधार निर्माणका लागि १५ लाख, कोहलपुर–१४ मा बौद्ध विहार निर्माणका लागि १० लाख, कोहलपुर–८ स्थित गुम्बा निर्माणका लागि १५ लाख बजेट विनियोजना गरिएको प्रमुख खनालले जानकारी दिए ।

    उनका अनुसार कतिपय योजनामा सङ्घीय सरकारले पनि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बैजनाथ गाउँपालिका–६ मा मानसरोवर भित्री कैलाश पर्वत र शिव मूर्ति निर्माणका लागि ३० लाख, बागेश्वरी मन्दिरमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–३ मा सरस्वती माताको मन्दिर निर्माणका लागि १० लाख, जानकी–६ मा मस्जिद निर्माणका लागि १० लाख, नेपालगञ्ज–२२ मा महादेव मन्दिर निर्माणका लागि पाँच लाख, डुडुवा–३ मा भैसासुर मन्दिर निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

    राप्तीसोनारी गाउँपालिका–६ मा शहीद स्मृति पार्क संरक्षण केन्द्रमा शहीद तथा बेपत्ताको सालिक निर्माण एवं पूर्वाधार विकासका लागि ६० लाख, नेपालगञ्ज–६ हडियाबाबामा प्रतीक्षालय निर्माणका लागि पाँच लाख, नेपालगञ्ज–१७ मा दुई सय वर्ष पुरानो बाबा प्रयाग दास समाधि मठ निर्माणका लागि ८० लाख, नेपालगञ्ज–१८ मा हरियाली प्रवद्र्धन गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।

    बर्फानी धार्मिक क्षेत्रको पूर्वाधार निर्माणका लागि २० लाख, सन्तानेश्वर धार्मिक क्षेत्र निर्माणको लागि १५ लाख, राप्तीसोनारी–९ मा ढकेरी पार्क पूर्वाधार निर्माण गर्न १५ लाख, वाटरपार्क पूर्वाधार तथा सौन्दर्यीकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकामा लायन्स पार्क गाभर भ्याली पूर्वाधार निर्माणका लागि १५ लाख, डुडुवामा कम्मरशाह बाबा मजारमा धर्मशाला निर्माणका लागि १५ लाख विनियोजन भएको छ ।

    नेपाल एसोसियसन अफ टुर एण्ड टाभल्स एजेन्टका अधयक्ष श्रीराम सिग्देलले पर्यटकीय गन्तव्य पहिचान गरेर कस्ता खालको पर्यटक भित्र्याउने भन्ने विषयमा गहन अध्ययन आवश्यक भएको बताए । “सांसद विकास कोष, पालिका, प्रदेश सरकारबाट पनि बजेट जान्छ, एकै पटक ठूलो बजेट गएर त्यसले स्थानीयस्तरमा महत्व होला जस्तो लाग्दैन”, उनले भने । उनले पर्यटकलाई आकर्षित गर्न अल्पकालीन र दीर्घकालीन लगानी आवश्यक भएकोमा जोड दिए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend