images

२०८३ आश्विन १७ गते

images
images
images

पुससम्ममा भक्तपुरमा आउने पर्यटक बढे

पुससम्ममा भक्तपुरमा आउने पर्यटक बढे

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । भक्तपुर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ पुससम्म अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा चार प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

    images
    images

    नगरपालिकाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस २३ गतेसम्ममा सार्क मुलुकबाहेकका पर्यटक ६७ हजार नौ सय ६९ र सार्कमा सम्मिलित देश र चीनका पर्यटकहरू ५१ हजार चार सय २४ जना गरी जम्मा एक लाख १९ हजार तीन सय ९३ जना पर्यटक आगमन भएको थियो।गत वर्षको सोही अवधिमा जम्मा एक लाख १४ हजार सात सय ९२ जनाले भ्रमण गरेका थिए। गत वर्षको तुलनामा उल्लिखित अवधिमा चार हजार ६ सय एक जनाले पर्यटक वृद्धि भएको हो। गत वर्षको तुलनामा यो वृद्धि ४.०१ प्रतिशत हो।

    २०८१ पुस २३ गतेसम्ममा गैरसार्क राष्ट्रका पर्यटकबाट १२ करोड २३ लाख र सार्क र चीनका पर्यटकबाट दुई करोड ५७ लाख गरी जम्मा १४ करोड ८० लाख रूपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ।आव २०८०/८१ को सोही अवधिमा गैरसार्क राष्ट्रका पर्यटकबाट १० करोड ७५ लाख र सार्क र चीनका पर्यटकहरूबाट दुई करोड ७५ लाख गरी जम्मा १३ करोड ५० लाख आम्दानी भएको थियो। यस अवधिमा एक करोड २९ लाख वृद्धि भएको नगरपालिकाको तथ्यांकले देखाएको छ।

    images
    images

    भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटक (नेपालीबाहेक)सँग नगर प्रवेशमा प्रवेश शुल्क उठाउँदै आएको छ। नगर प्रवेश गर्ने झण्डै दुई दर्जन स्थानहरूमा काउन्टर राखेर नगरपालिकाले विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउँदै आएको छ।सार्क तथा चीनका (नेपाली) बाहेकसँग एकथरी र गैरसार्क राष्ट्रका पर्यटकसँग प्रति पर्यटक १० अमेरिकी डलर प्रवेश शुल्क उठाउँदै आएको छ। यही कारण नगरपालिकाले सार्क र चिनियाँ तथा गैरसार्क राष्ट्रका गरेर पर्यटक आगमनको संख्या वर्गीकरण गरेको हो।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुर घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भए पनि यो भरपर्दाे स्रोत नभएको बताउँछन्। यही कारण नगरपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गराउने योजना अगाडि सारिरहेको उनको भनाइ छ। यही क्रममा भक्तपुर महोत्सव २०८१ आयोजना गरिएको पनि उनले बताए। महोत्सव पुस ८ देखि माघ २ गतेसम्म पाँचदिन भएको थियो। सो समयमा दैनिक एकदेखि दुई लाख आन्तरिक पर्यटक भक्तपुर भित्रिएको अनुमान छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend