images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • देशमै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक...

देशमै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक संस्था भए पनि वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च,

देशमै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक संस्था भए पनि वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च,

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौँ, ४ माघः देश भित्रै सुविधा सम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यस मध्ये शिक्षातर्फको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो ।

    images
    images

    गत मङ्सिर मसान्त सम्म खुद सेवा आय रू ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक  प्रतिशतले वृद्धि भई रू ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू ३४ अर्ब १२ करोड रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend