images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट ओम मेगाश्री फर्मास्युटिकल्सले पायो...

धितोपत्र बोर्डबाट ओम मेगाश्री फर्मास्युटिकल्सले पायो आइपिओको स्वीकृति

धितोपत्र बोर्डबाट ओम मेगाश्री फर्मास्युटिकल्सले पायो आइपिओको स्वीकृति

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं ।  ओम मेगाश्री फर्मास्युटिकल्सले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति पाएको छ।कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरमा १८ लाख कित्ता (१८ करोड रूपैयाँ बराबर)को सेयर जारी गर्ने भएको हो। 

    images
    images

    कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।चितवनमा औषधि उद्योग रहेको यस कम्पनीले २०८० फागुन ४ बाट उत्पादन सुरू गरेको हो।

    यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो।३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो।कम्पनीको लागत पहिले आकलन गरिएकोभन्दा ३८ प्रतिशतले बढेको केयर रेटिङ नेपालले उल्लेख गरेको छ। 

    images
    images

    कम्पनीले ४५ थरीमा औषधि उत्पादन गर्ने भएको छ। रेटिङ भएको अवधिसम्म आठ वटाको लागि अनुमति पाएको थियो भने १८ वटा अन्तिम चरणमा रहेको थियो।अक्सिजन प्लान्ट, अस्पतालमा विभिन्न सामग्री आपूर्तिकर्ताको रूपमा समेत काम गरिसकेका अर्जुन कुमार श्रेष्ठ यसका अध्यक्ष छन्।उनीसँग विभिन्न क्षेत्रमा करिब दुई दशकदेखि काम गरेको अनुभव छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend