images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • बलम्बु मा.वि.मा सुविधा सम्पन्न प्राविधिक शिक्षालयको...

बलम्बु मा.वि.मा सुविधा सम्पन्न प्राविधिक शिक्षालयको उद्घाटन

बलम्बु मा.वि.मा सुविधा सम्पन्न प्राविधिक शिक्षालयको उद्घाटन

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालय हातामा निर्मित बहुप्राविधिक शिक्षालय भवन उद्घाटन गरिएको छ । विद्यालय हातामा उपराष्ट्रपति मसहाय प्रसाद यादवले चन्द्रागिरि नगरपालिका, दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशन र सोड नेपालको लागत सहभागितामा निर्मित भवनको उद्घाटन गरेका हुन् ।

    images
    images

    प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् ९सिटिइभिटी०अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी ४ विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने छ । जसका लागि करिब २ करोड ५ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको हो भने सीप सिकाइका लागि ४ वटा विषयगत प्रयोगशाला, सैद्धान्तिक कक्षा १ वटा, कार्यालय प्रयोजनका लागि २ कोठा सहित कुल ७ कोठाको भवन तयार भएको विद्यालयका प्रधानाध्यापक सुमन राउतको भनाइ छ ।

    प्रयोगशालामा शैक्षिक सामाग्री, उपकरण, फर्निचर लगायतको व्यवस्थापन भएको छ । जसअनुसार हाल सम्म शिक्षालयमा करिब २ करोड ५० लाख ५० हजार रूपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक राउतले जानकारी दिए ।बलम्बु माध्यमिक विद्यालयमा साधारण धारतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुची अनुसार ती विधा मध्ये १ विधामा अध्ययन गर्न सक्नेछन् । उनीहरुले कक्षा १२ उत्तीर्ण हुँदा ती ४ विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ ।

    images
    images

    भवन उद्घाटन पछिको समारोहमा बोल्दै उपराष्ट्रपति यादवले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।बलम्बु माध्यमिक विद्यालयले उत्कृष्ठता प्रदर्शन गर्दै क्षेत्रीय र राष्ट्रिय सम्मान पाइरहेकोले उत्कृष्ठता आफैंमा महत्वपूर्ण रहेकोले समुहगत कार्यको उपज नै उत्कृष्ठता रहेकोले सोको प्राप्तिका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूको भूमिका अपरिहार्य रहेको बताए । पछिल्लो समय सामुदायिक विद्यालयहरू प्रति समाजको हेर्ने धारणालाई चिर्न बलम्बु मावि सफल भएको भन्दै उपराष्ट्रपति यादवले प्राविधिक धारको शिक्षण सिकाइको व्यवस्थाले बलम्बु माविले समाजमा थप विशिष्ट पहिचान बनाउनेमा आफु विश्वस्त रहेको धारणा राखे ।  

    कार्यक्रम बोल्दै काठमाडौं क्षेत्र नं। ९ का सांसद कृष्ण गोपाल श्रेष्ठले हरेक सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सीप कक्षा सञ्चालन गर्न जरुरी रहेको चर्चा गरे । कक्षा कोठा वा संरचना व्यवस्थापन सहज भएपनि त्यसको स्थायित्व कायम र परिणाम दिने अवस्थामा राख्नु चुनौतीपूर्ण रहेको सांसद् श्रेष्ठको भनाइ थियो । त्यसैक्रममा सांसद् श्रेष्ठले बलम्बु मावि चन्द्रागिरि नगरपालिकाको वरदानको विद्यालय भएको धारणा राखे ।

    बहुप्राविधिक शिक्षालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञान सँग प्राविधिक सीपलाई जोड्न बहुप्राविधिक शिक्षालयले सहयोग पुग्ने धारणा राखे । मेयर गिरीले नगरपालिका अन्य विद्यालयहरूमा पनि क्रमशः प्राविधिक शिक्षाका लागि पहल भइरहेको जानकारी दिए । नगर क्षेत्रमा करिब ३ हजार विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेको बताउँदै मेयर गिरीले नगरपालिकाका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारमा नगरपालिकाले यथेष्ठ बजेट विनियोजन गरेकोले अब ती विद्यालयबाट गुणस्तरीय पठन पाठन एवं प्रविधियुक्त शिक्षा प्रदान गरी योग्य जनशक्ति निर्माणमा नगरपालिका लागि परेको बताए ।

    यस्तै उपमेयर बसन्ती श्रेष्ठ नगरपालिका क्षेत्रको शिक्षाको विकासका लागि नगरपालिकाले पूर्व प्राथमिक तह देखि नै विशेष व्यवस्थाका साथ लगानी गरिरहेको बताइन् ।उनले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न समुदायका साथ साथै परिवारको समेत सहयोग अपरिहार्य हुने धारणा राखिन् ।चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका क्षेत्रमा पढ्दै कमाउँदै, कमाउँदै पढ्दै अभियान लागु भइरहेकोले स्वदेशमा रोजगारीको अवसर सृजनामा प्राविधिक शिक्षालय सफल हुने धारणा राखे ।

    कार्यक्रमका बोल्दै ड्रिम सेयरिङ फाउन्डेशनका संस्थापक कोरियन नागरिक पउलले आफ्नो जीवनकालको कमाई शिक्षाको विकास कार्यमा लगाउन पाउँदा गौरव लागेको बताए । उनले आफुले करिब २३ वर्ष शिक्षण पेशामा रहेको स्मरण गर्दै नेपाली विद्यार्थीहरूको प्राविधिक शिक्षा आर्जन गर्न बलम्बु प्राविधिक शिक्षालय फलदायी हुने विश्वास लिएको धारणा राखे ।

    ड्रिम सेयरिङ फाउन्डेशनका अध्यक्ष सि विनले आगामी दिनमा नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । उनले विश्वासका साथ सपना देख्न विद्यार्थीहरूमा अनुरोध गर्दै सपना नदेखे पूरा हुन नसक्ने बताए ।यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं। १२ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले बलम्बु प्राविधिक शिक्षालयमा नगरबासीहरूले आफ्ना भावी पिंडीलाई बलम्बु माविमा पठन पाठनका लागि संलग्न गराई प्राविधिक शिक्षा हासिल गर्न गराउन अनुरोध गरे । 

    बलम्बु माध्यमिक विद्यालय हातामा निर्मित बहुप्राविधिक शिक्षालय भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सांसद् यमुनादेवी श्रेष्ठ, बिन्दु श्रेष्ठ, केशव पोखरेल, चन्द्रागिरि नगरपालिका प्रवक्ता कृष्ण प्रसाद खड्गी, कार्यपालिका सदस्यहरू, नगर सभा सदस्यहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, स्थानीय महिला समुहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, ड्रिम सेयरिङ फाउन्डेशन र सोड नेपालका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend