images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • त्रिविका उपकूलपति नेविसंघले रजिस्ट्रार र रेक्टरलाई...

त्रिविका उपकूलपति नेविसंघले रजिस्ट्रार र रेक्टरलाई बर्खास्त गर्न धम्की दिएपछि आएनन् कार्यालय

त्रिविका उपकूलपति नेविसंघले रजिस्ट्रार र रेक्टरलाई बर्खास्त गर्न धम्की दिएपछि आएनन् कार्यालय

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौँ  ।  सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राध्यापक केशरजंग बराललाई कार्यालय आउन अवरोध गरेको छ । आफ्ना मान्छेलाई  त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा प्रमुख नियुक्त नगरिएपछि नेविसंघले त्रिविका उपकूलपति, रजिस्ट्रार र रेक्टरको विरोध गरेको हो ।

    images
    images

    नेविसंघको अवरोधपछि उपकूलपति बराल बिहीबार कार्यालय आएका छैनन् । रजिस्ट्रार प्राध्यापक केदार रिजाल र रेक्टर प्राध्यापक खड्ग केसीलाई समेत बर्खास्त गर्न उपकूलपतिलाई चेतावनी दिएपछि उपकूलपति बराल सुरक्षाको कारण देखाउँदै कार्यालय नआएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिए । नेविंसघ त्रिविका सभापति विष्णु बडैलाको समूहले शंकरदेव र सानोठिमी क्याम्पसमा आफूले भनेका मान्छे प्रमुख हुनुपर्ने भन्दै उपकूलपतिलाई धम्क्याएको पनि त्रिविका एक कर्मचारी बताउँछन् ।

    त्यस्तै स्नातक र स्नातकोत्तर तहमा भर्ना रोकिएको भन्दै नेविसंघले विरोध गरे पनि विद्यार्थीको मागसँगै भर्ना अवधि बढाएको त्रिविले जनाएको छ । नेविसंघले त्रिवि उपकूलपतिको कार्यालयको ढोकामा केही कागजसमेत टाँसेको छ । जसमा रेक्टर रजिस्ट्रारलाई बर्खास्तीको माग गरिएको छ । साथै केही मर्यादाहीन तरिकाका टिप्पणीसमेत ती पर्चामा गरिएको छ । विद्यार्थीहरूले यस्तो स्तरहीन टिप्पणी गरेको भन्दै यसको सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

    images
    images

    नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले भने बडैलालाई आत्मालोचना गर्न निर्देशन दिएको बताए । यस्ता गतिविधि विद्यार्थीबाट हुनु दु:खद भएको उल्लेख गर्दै उनले तत्काल आत्मालोचना गर्न निर्देशन दिएको बताए । बडैलाले भने आफूहरूले कुनै भाग नमागेको बताउँदै सांकेतिक रूपमा मात्र आफूहरूको विरोध गरेको बताए । उनले क्याम्पस प्रमुख नियुक्तिमा मेरिटोक्रेसी नअपनाइएको बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend