images

२०८३ आश्विन २० गते

images
images
images

‘३५ लाख पर्यटकलाई सेवा दिन सकिन्छ, तर आए साढे ११ लाख’

‘३५ लाख पर्यटकलाई सेवा दिन सकिन्छ, तर आए साढे ११ लाख’

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकका होटलहरूले वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने भए पनि त्यसको दाँजोमा एक तिहाइमात्र आएको बताएका छन् ।

    images
    images

    हान स्थापना दिवसमा बुधबार आयोजित ‘नेपाल सत्कार दिवस २०२५’ कार्यक्रममा अध्यक्ष शाहले प्रत्येक महिनाजसो खुलिरहेका होटल संख्याबाट आशावादी हुने ठाउँ देखिएको बताए ।होटल कोठा संख्या बढ्दै गएपछि नेपाली आतिथ्य सत्कार उद्योगले वार्षिक ३५ लाखसम्म पाहुनालाई सेवा दिन सक्ने क्षमता बनाएको उनले बताए ।‘हामीसँग रहेका पर्यटक स्तरदेखि तारे स्तर र रिसोर्ट गरी सबैको क्षमता जोड्दा ठूलो संख्यामा पर्यटकलाई सेवा दिन सकिन्छ,’ शाहले भने, ‘तर, सन् २०२४ मा ११ लाख ४७ हजारमात्र पर्यटक नेपाल आइपुगे । यो हाम्रो सेवा क्षमताको एक तिहाइमात्र हो । अब हामीले पर्यटक कसरी बढाउन सकिन्छ भन्नेतिर ध्यान दिन अपरिहार्य भइसकेको छ ।’

    अध्यक्ष शाहले हाल होटल क्षेत्रमा हासिल उपलब्धि, सामना गरिएका चुनौती र भावी दिनका योजना तथा कार्यक्रम प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने समृद्धिको लेखाजोखा हुने पनि बताए ।राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकमा नेपालमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको, १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, रेस्टुरेन्टहरूले एकै पटक २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख छ ।

    images
    images

    ‘तथ्यांकले देखाए जस्तै प्रत्येक महिनाजसो खुलेका अन्तर्राष्ट्रिय ब्रान्डका ठूला तारे होटल सहितले नेपालमा झन्डै ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहबद्र्धक आपूर्तिको स्थिति इंगित गर्दछ,’ शाहले भने, ‘तर, त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइ हाराहारी मात्र छ । सन् २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजार हेर्दा यो एकदमै अपुग हो ।’

    अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटर दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटक खप्न तयार नहुने उनले बताए । गत वर्ष भएका हवाई तथा सडक दुर्घटना साथै युरोपेली युनियनको कालोसूचीमा नेपाली एयरलाइन्स रहिरहेकाले समस्या झन् बढेको अध्यक्ष शाहको भनाइ छ ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित ‘नेपाल होटल इयर बुक’ विमोचन गरे ।

    यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालालाई एकै थलोमा राखी मुलुकको समग्र पर्यटनका विषयवस्तु यकिन हुने भएकाले कार्यक्रम ज्यादै महत्त्वपूर्ण रहेको उनले बताए ।राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको मन्त्री पाण्डेले जानकारी दिए ।उनले निजी क्षेत्रसँगको समन्वयविना पर्यटन अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँग सहकार्य गर्दै आइरहेको उल्लेख गरे ।

    कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष १९९८’ का संयोजक कर्ण शाक्य, ‘नेपाल पर्यटन वर्ष २०११’ का संयोजक योगेन्द्र शाक्य र ‘नेपाल भ्रमण वर्ष २०२०’ का संयोजक सुरज वैद्यलाई सम्मान गरिएको थियो ।हानका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका एवं २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्‍याउने बताए ।उनले नेपाली ब्रान्ड विदेश लैजाने क्रम सुरु भएको र विदेशी ब्रान्ड पनि नेपाल आइरहेको हुँदा नेपालको पर्यटन छवि अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको धारणा राखे ।

    पाण्डेले कैयन होटल र लज विनादर्ता सञ्चालनमा रहनु दुःखद विषय भएको बताए । यसबाट राज्यले ठूलो परिमाणमा राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाबाट गरिएको विश्वव्यापी प्रवद्र्धनबाट नेपाल भित्रिएका पर्यटक दर्ता नभएका होटल/लजमा बस्दा कानुनी दायरामा रही दर्ता सञ्चालनमा रहेका हानका सदस्य होटललाई अन्याय भएको उनको भनाइ थियो ।सोही दिन सम्पन्न हानको वार्षिक साधारणसभासभाले संघलाई ७ प्रदेश र ७७ जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend