images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • अर्गानिक जडीबुटी चियाबाट वार्षिक १० लाख...

अर्गानिक जडीबुटी चियाबाट वार्षिक १० लाख आम्दानी गर्दै जुम्लाका बिर्खबहादुर

अर्गानिक जडीबुटी चियाबाट वार्षिक १० लाख आम्दानी गर्दै जुम्लाका बिर्खबहादुर

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • जुम्लाको गुठिचाैर-५ देपालगाँउका ५१ वर्षका बिर्खबहादुर नेपालीले अर्गानिक जडीबुटी चिया खेतीलाई आयआर्जनको माध्यम बनएका छन्। आफ्नो घर नजिकैको जमिनमा चिया खेती गरेर दैनिक गुजारा चलाउनेदेखि बेच्ने गरेकाे उनी बताउँछन्।'अर्गानिक जडीबुटी चियाले नयाँ पुस्तालाई पनि प्रेरित गरिरहेको छ,' नेपाली भन्छन्, 'मेहेनत र परिश्रम गरे चियाबाटै कमाइ राम्रो छ। मेरो परिवारको आयआर्जनको प्रमुख स्रोत चिया नै हो। घरखर्च टार्नेदेखि ठूलो आवश्यक काम गर्न चियाले पुगेको छ।'

    images
    images

    उनकाे पाँच रोपनी जग्गामा अर्गानिक जडीबुटी चिया खेती छ। बिर्खबहादुरले चिया व्यवसाय सम्हालेको १४ वर्ष पुग्यो। उनले शान्ति हिमाली अर्गानिक चिया मसला उद्योग खाेलेका छन्। चिया बनाउनकै लागि जडीबुटी बगैंचा समेत बनाएकाे उनले बताए। 'मेहनत गर्न सके आफ्नै करेसाबारीमै विदेशमा पसिना बगाएको भन्दा धेरै कमाउन सकिन्छ भन्ने लागेर मैले चिया खेती सुरु गरेँ। सन्तुष्टि घर आँगनको चियाखेतीबाट मिलेको छ,' उनले भने।

    यो सफलताले अरू युवालाई पनि हौसला मिलेको उनको भनाइ छ। उनको यही दैनिकीले वार्षिक १० लाख रुपैयाँभन्दा धेरै आम्दानी हुन थालेको उनले बताए। 'चियाको बजार बढ्दै गएको छ। चियाको माग बढिरहेको छ। उद्योगले उत्पादन गरिरहेको छ,' उनले भने, ‘जडीबुटी चिया सेवन गर्दा हुने फाइदाको बारेमा बुझाउन नसक्दा समस्या देखिएको छ।’जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा जडीबुटी चियाको प्रयोग भइरहेको छ। आजभोलि बिर्खबहादुरले जुम्लाको सदरमुकामका कोशेली घरहरूमा प्रतिपाकेट १ सय रुपैयाँमा चिया बेचिरहेका छन्। बाहिर खुल्लामा १ सय ५० बेच्दै आएको सुनाए।

    images
    images

    अर्गानिक जडीबुटीबाट बनेको हिमाली जडीबुटी चिया आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा पर्न थालेको छ। मुगुको रारा घुमेर जुम्लाको चन्दननाथ मन्दिरको दर्शन गर्न आउने अधिकांश पर्यटकहरूले हिमाली जडीबुटी चियाको पाकेट खरिद गरेर लैजाने गरेको चन्दननाथ मिनी मार्केट जुम्लाका लेखा प्रमुख राजु बोहोरा बताउँछन्। ‘यो चियामा औषधीय गुण पनि भएको र स्वादिलो पनि हुने भएकोले पर्यटकहरूले लैजाने गर्छन्,' उनले भने।अधिकांश पर्यटकहरूले फोन गरेर अर्डर समेत टिपाउने गरेको र उनीहरूको ठेगानामा पुग्ने गरेर चिया पठाउने काम भइरहेको पनि उनले सुनाए। उनका अनुसार चन्दननाथ मिनी मार्केटले मात्रै वर्षमा ५ देखि ८ लाख रुपैयाँसम्मको हिमाली जडीबुटी चिया बेच्ने गरेको छ। यो चियामा तुमालो, अत्तिस, बायोजडी, गुच्ची च्याउ, गन्धाइनो, लौठ सल्ला, पदमचाल, सिलाजीत, सुनकाउली र यार्सागुम्बा मिसाइएको हुन्छ।

    असोज, कात्तिक र मंसिर महिनामा हिमाली जडीबुटी चियाको माग धेरै आउने गरेको बोहोराले बताए। बोहोराले दुई लाख रुपैयाँभन्दा बढीको हिमाली जडीबुटी चिया जिल्लाबाहिर निर्यात हुने गरेको बताउँछन्। उनका अनुसार सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, चितवन, बुटवलसम्म यो चिया पठाउने गरिएको छ।

    हिमाली जडीबुटी चियाको सेवनले ग्याष्ट्रिक, दम, रूघाखोकी, घाँटी दुख्ने, गोला अपच, कब्जियत, वाथ, युरिक एसिड, जिउ दुख्ने, नसा दुख्ने र जोर्नी दुख्ने तथा ब्लड प्रेसर रोगलाई कम गर्नुका साथै आँखालाई तेजिलो बनाउने विज्ञहरू बताउँछन्। जुम्लाका विभिन्न पाटनहरूमा सबै जडीबुटीहरू पाइने भएकोले हरेक गाउँपालिकामा हिमाली जडीबुटी चिया उद्योग स्थापनामा जोड दिनुपर्ने व्यवसायीहरूको माग छ।

    'तर, यस्ता कार्यमा जुम्लाका जनप्रतिनिधिहरू लाचार देखिन्छन्। यो दु:खकाे विषय हो। कृषिप्रधान देशको सरकार अर्गानिक चियाबारे सरकार यति बेखबर छ कि,' उनले गुनासो गरे।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend