images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना ...

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना एक हप्ता थप गर्ने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना एक हप्ता थप गर्ने

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्।

    images
    images

    सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो। शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा डीन कार्यालयले भर्ना प्रकृया रोकेका थिए। 

    विद्यार्थी भर्ना हुन नपाउदै भर्ना प्रकृया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए। त्यसपछि शिक्षाध्यक्ष प्राडा खड्क केसीले सबै डीनहरूसँग आज छलफल गरेका थिए। छलफलका क्रममा डीनहरूले भर्ना म्याद पुनः खोल्न सुझाव दिएका थिए।  ‘हामीहरूले सुझावको क्रममा थप गर्नु राम्रो भनेका छौ। त्यहि आधारमा शिक्षाध्यक्षको कार्यालयले भोलीसम्ममा केही सुचना जारी गर्ला,’ एक डीनले भने।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend