images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • राष्ट्र बैंकको अध्ययन,कोशी प्रदेशमा घट्यो बाली...

राष्ट्र बैंकको अध्ययन,कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

राष्ट्र बैंकको अध्ययन,कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं, २९ पुसः जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ  आइतबार सम्पन्न भएको छ ।

    images
    images

    दुई दिन सम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेलनको समापनका अवसरमा विभिन्न २१ शोधार्थीलाई प्रमाणपत्र र उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेलाई विशेष सम्मान गरिएको थियो ।

    तीमध्ये ‘जलवायु परिवर्तनका कारण नेपालीको आयस्रोतमा आएको कमी’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका सुशान्त रिजालले उत्कृष्ट शोधको अवार्ड जित्न सफल हुनुभयो । ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयमा रिया रेग्मी र दिपेश कार्कीले तयार पारेको शोधपत्रले रनर अप अवार्ड प्राप्त ग¥यो ।

    images
    images

    समापन समारोहमा काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले सहभागी सम्पूर्ण शोधपत्र प्रस्तुतकर्तालाई धन्यवाद दिँदै सबै शोध उत्कृष्ट भए पनि केहीलाई मात्र छनोट गर्नुपरेको उल्लेख गर्नुभयो ।

    डा वाग्लेले शोधपत्रको छनोटका लागि छ वटा मापदण्ड तोकिएको र सम्मेलनको ‘थिम’प्रति अनुसन्धानको मेल, प्राज्ञिक तर्कमा योगदान, अनुसन्धानको विधि, तथ्याङ्क विश्लेषणको गुणस्तर, समाधानका सम्भावना र अनुसन्धानको प्रभावशीलता समावेश रहेको जानकारी दिनुभयो ।

    भारतको सेन्टर फर ट्रेड एण्ड इन्भेस्टमेन्ट लका एसिस्टेन्ट प्रोफेसर सात्विक सेखरले नेपालजस्तो विकासोन्मुख देशका लागि व्यापार कानुन र प्राज्ञिक ज्ञानबीचको पुल निर्माण गर्न यस्तो सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो ।

    उहाँले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा भइरहेको अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनामा सकारात्मक प्रभाव पार्न सक्ने विचार व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, नेपाल र युरोप लगायतका विभिन्न देशका शोधकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।

    उत्कृष्ट शोधपत्रका लेखक सुशान्त रिजालले जलवायु परिवर्तनले नेपालको व्यापार क्षेत्रमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने आर्थिक चुनौतीलाई आफ्नो अनुसन्धानले उजागर गरेको बताउनुभयो । उहाँले आफ्नो शोधपत्रमा जलवायु परिवर्तनका कारण व्यावसायिक व्यक्तिले भोग्नुपर्ने जोखिम र त्यसको निवारणका उपायका बारेमा गहन अध्ययन गरिएको जानकारी दिनुभयो ।

    सम्मेलनले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा थप अनुसन्धानात्मक कार्य गर्न प्रोत्साहन गर्ने आयोजकको अपेक्षा छ । आयोजकका अनुसार यो सम्मेलनले नेपालको व्यापार, जलवायु परिवर्तन, महिला सशक्तीकरण र डिजिटाइजेसन जस्ता विषयलाई गहिरो रुपमा अध्ययन गर्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

    व्यापार र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताका लागि एउटा सशक्त मञ्चको रुपमा काम गरेको जनाइएको छ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend