images

२०८३ आश्विन १६ गते

images
images
images

एकै वर्ष साढे तीन करोड बढी पर्यटक पुगे थाइल्यान्ड

एकै वर्ष साढे तीन करोड बढी पर्यटक पुगे थाइल्यान्ड

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौँ । थाइल्यान्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएको छ । जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो । 

    images
    images

    थाई पर्यटन तथा खेलकुद मन्त्रालयका अनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिण पूर्वी थाइल्यान्डको लागि सबैभन्दा ठुलो स्रोत बजार बनाएका थिए । त्यसपछि मलेसियाबाट ४९ लाख ५० हजार र भारतबाट २१ लाख २० हजार आएका थिए । 

    २०२४ मा थाइल्यान्डले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट लगभग ४८.४५ अर्ब अमेरिकी डलर राजश्व उठेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो । 

    images
    images

    हाल ९३ देश र क्षेत्रका पर्यटकहरूलाई भिसा बिना ६० दिनसम्म थाइल्यान्डमा बस्न अनुमति छ । थाइल्यान्डको पर्यटन प्राधिकरणका अनुसार राज्यले यस वर्ष ३ करोड ९० लाख अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । 

    जसमा २.२३ ट्रिलियन भाट (लगभग ६४.७१ बिलियन डलर) पर्यटन प्राप्ति हुने अनुमान गरिएको छ । महामारी अघि २०१९ मा थाइल्यान्डले रेकर्ड ३ करोड ९९ लाख विदेशी आगमनलाई स्वागत गरेको थियो । 

    जसले १.९१ ट्रिलियन भाट (लगभग ५५.४२ बिलियन डलर) राजश्व कमाएको थियो । राष्ट्रको आर्थिक वृद्धिको प्रमुख चालक पर्यटनले २०२४ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको १४.१६ प्रतिशत र रोजगारीको ११.३३ प्रतिशत हिस्सा ओगटेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend