images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न...

ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ५० जना महिलालाई ढकिया बुन्ने तालिम

ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ५० जना महिलालाई ढकिया बुन्ने तालिम

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । 

    images
    images

    व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो । उक्त तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिए । 

    उनले स्थानीय स्रोत र साधन अर्थात् बाबियाको प्रयोग गरी बनाइएको ढकियाले अन्यत्रबाट ल्याइने ढकियालाई विस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।   

    images
    images

    पुस २१ गते देखि सञ्चालित सो तालिम बुधबार एक कार्यक्रम बीच समापन गरिएको छ । तालिममा सिकेका सीपलाई व्यवहारिक र व्यवसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यले  बताए ।

    तालिममा सहभागी भगवती भण्डारी र अन्जना भण्डारीले तालिम जीवन उपयोगी रहेको बताए । उक्त तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा र मधुमाया सारु मगरले प्रशिक्षण दिएका थिए ।रासस  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend