images

२०८३ आश्विन २० गते

images
images
images

लामिडाँडा विमानस्थलको विजोग, वर्षको कुल आम्दानी ४७४ रुपैयाँ !

लामिडाँडा विमानस्थलको विजोग, वर्षको कुल आम्दानी ४७४ रुपैयाँ !

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौँ । खोटाङको रावाबेँसी गाउँपालिका–३ स्थित लामिडाँडा विमानस्थलले एक वर्ष कुल ४७४ रुपैयाँ आम्दानी गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सवैभन्दा थोरै आम्दानी गर्ने विमानस्थलमा यो विमानस्थल परेको हो। यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको प्राधिकरणले जनाएको छ

    images
    images

    यो विमानस्थल देशकै पुराना विमानास्थल मध्ये १ हो। विमानस्थल विसं २०२८ देखि कच्ची अवस्थामा सञ्चालनमा थियो। लामो समयसम्म कच्ची अवस्थामै सञ्चालनमा आएको विमानस्थल पछिल्लो कालखण्डमा कालोपत्र भएको हो।४८ वर्षअघि निर्माण भएको यो विमानस्थल कालोपत्र भएपछि तत्कालिन नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उदघाटन गरेका थिए। स्थानीयवासीले कुटो र कोदालोको भरमा विसं २०२६ मा निर्माण थालेको दुई वर्षपछि विसं २०२८ मा विमानस्थल सञ्चालनमा आएको थियो।

    त्यसपछि दोस्रो नम्बरमा थोरै आन्दानी गर्ने कार्यालय डोटीस्थित प्राधिकरण कार्यालय हो। यहाँको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ छ। रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend