images

२०८३ आश्विन २१ गते

images
images
images

त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित

त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडाैं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रु ५२ का दरले सुन्तला बिक्री भएको छ ।

    images
    images

    उनका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड एक लाख आठ हजार आठ सय आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेका छन् । व्यावसायिक सुन्तलाखेती गर्ने एक सय तीन जना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्याएका ठाउँमा भने किसानले सुन्तलाबाट मनग्य आम्दानी गरेका छन् ।

    व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।

    images
    images

    सुन्तलाखेतीबाट गत वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी –४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्रीबाट रु सात लाख ८३ हजार आम्दानी गरेको खड्काको भनाइ छ । “सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै रु सात लाख ८३ हजारको सुन्तला बेचेँ”, खड्काले भने। प्रतिकिलो रु ६२ का दरले घरबाटै सुन्तला बिक्री गरेको उनले बताए ।

    यसपटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend