images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर,लचिलो...

लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर,लचिलो बन्यो राष्ट्र बैंक

लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकको नयाँ सर्कुलर,लचिलो बन्यो राष्ट्र बैंक

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • नेपाल राष्ट्र बैंक लघु वित्त कम्पनीहरु प्रति पहिलेको तुलनामा थप लचिलो बनेको छ । मंगलबार जारी गरेको सर्कुलरमा राष्ट्र बैंकले अब लघुवित्तहरुलाई सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न अनुमति दिने व्यवस्था गरेको छ । 

    images
    images

    तर उनीहरुले त्यस्तो लगानीलाई प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन्।

    नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस लिमिटेड, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्दा भने प्राथमिक पुँजीकोषमा गणना गर्न सुविधा दिइएको छ । ती कम्पनीहरुमा राष्ट्र बैंकको समेत लगानी रहेको छ ।

    images
    images

    सर्कुलरका अनुसार लघुवित्तको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर भएका सेयरधनी र एकाघरका परिवारका सदस्य संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख बाहेक पदमा नियुक्ति र पुनर्नियुक्ति हुन रोक लगाइएको छ।

    त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्त बीच एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रुपमा काम गर्न पाउने व्यवस्था गरेको छ । साथै राष्ट्र बैंकले लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend