images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं- ९, टायलघर (व्यावसायिक प्रतिनिधि सञ्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ । शाखारहित बैकिङ्ग सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जन–प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारहित बैकिङ्ग सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए । बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानीय स्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको छ । 

    व्यावसायिक प्रतिनिधिमार्फत ग्राहकहरूले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend