images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विकास निर्माणकै सिजनमा पुनः आन्दोलन तयारी...

विकास निर्माणकै सिजनमा पुनः आन्दोलन तयारी गर्दै व्यवसायी

विकास निर्माणकै सिजनमा पुनः आन्दोलन तयारी गर्दै व्यवसायी

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । विकास निर्माण सिजनमा निर्माण व्यवसायीले भने आन्दोलन तयारी थालेका छन् ।नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो ।महासंघ महासचिव रोशन दाहालका अनुसार सरकारबाट निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी पाएका छैनन् ।

    images
    images

    यसबाहेक सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको जटिलता निर्माण कार्यमा हुने सिजनमै उद्योगीबाट विनाकारण कार्टेलिङ, सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीमा भएको चर्को मूल्य वृद्धि लगायत कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै महासंघले पुनः आन्दोलन तयारी गरेको जानकारी गराएको हो ।

    यसबीचमा प्रधानमन्त्री सहित विकासे मन्त्रालयका मन्त्री भेटेर समस्याबारे जानकारी गराउँदा समेत ठोस सुनुवाइ नभएपछि आन्दोलनमा जानुको विकल्प नदेखेको समेत व्यवसायीले गुनासो गरेका छन् ।२७ पुसका दिन हुने राष्ट्रिय भेलाबाट निर्माण व्यवसायीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने समेत जानकारी गराएका छन् ।

    images
    images

    महासचिव दाहालका अनुसार आर्थिक वर्ष २०७९/८० देखिकै भुक्तानी सरकारले दिन सकेको छैन । आफूले भुक्तानी दिन नसक्ने र सोहीकारण काम प्रभावित भएका आयोजनामा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको समेत व्यवसायीको आरोप छ ।

    सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनका कारण म्याद थप भएका आयोजनामा पनि बजेट अन्योल भएको, भुक्तानी असमर्थता तथा वर्षाका कारण आएको बाढी पहिरोले ठेक्का समयमा सम्पन्न हुन नसकिएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।नेपाल राष्ट्र बैंकले ऋणमा दिएको सुविधा कटौतीबाट समेत निर्माण उद्योगमा असर परेको व्यवसायीको गुनासो छ । निर्माण व्यवसायीले कुनै अध्ययनविना स्रोत सुनिश्चितता दिइएका ठेक्का खारेज गर्न समेत माग गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend