images

२०८३ आश्विन २८ गते

images
images
images

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको छ ।

    images
    images

    आज जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिभिल बैंकको डिबेन्चर २०८८ र मान्डु जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    images
    images

    बजार घटे पनि आज कारोबार रकम भने उल्लेख्य बढेर छ महिनायताकै उच्च भएको छ । आज तीन सय २२ वटा कम्पनीका दुई करोड ५० लाख कित्ता शेयर आठ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ २ गते आठ अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend