काठमाडौं, १५ पुस । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउन देखि मंसिर मसान्त सम्ममा १२ करोड ५० लाख ३२ हजार रुपैयाँको ३३४ किलो यार्सागुम्बा निर्यात भएको हो ।
विभागका अनुसार उक्त यार्सागुम्बा ८ वटा मुलुकमा निर्यात भएको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाण चीनमा निर्यात भएको छ । चीनमा ८ करोड ६७ लाख २७ हजार रुपैयाँको २०७ किलो यार्सागुम्बा निर्यात भएको विभागले उल्लेख गरेको छ ।
बाँकी जापान, सिङ्गापुर, भियतनाम लगायतका ७ मुलुकमा ४ अर्ब बराबरको यार्सागुम्बा निर्यात भएको छ ।




.gif)





