images

२०८३ आश्विन २७ गते

images
images
images

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित पुस २१ गतेका लागि साधारण सभा आह्वान गरेको छ ।

    images
    images

    सभा काठमाडौँको कमलादीस्थित गणेशस्थान हामा आईरन बिल्डिङमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभाले शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका लागि छुट्टाइएको शेयर मध्येबाट कानुन बमोजिम तोकिएको प्रतिशतमा सम्बन्धित क्षेत्र तथा समूहलाई निष्काशन तथा बिक्री गर्ने र त्यसबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्ताव छलफल गरी पारित गर्नेछ।

    त्यसैगरी आईपीओ निष्कासनका लागि आवश्यक अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत सभामा पेश गरिने छ । साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, नयाँ कम्पनी सचिव र सञ्चालक समितिको नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिने तयारी छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend