images

२०८३ आश्विन २० गते

images
images
images

नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’आज सार्वजनिक बिदा

नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’आज सार्वजनिक बिदा

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौँः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।

    images
    images

    ‘ल्हो’को अर्थ वर्ष र  ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउने गर्छन् ।

    ‘तमु ल्होसार’ पर्व सूर्यको किरण सँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।

    images
    images

    यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

    तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend