images

२०८३ आश्विन २० गते

images
images
images

दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ’को गीत ‘सात भन्ज्याङ’ कस्तो छ ?

दयाहाङ र सिर्जना अभिनित ‘कार्साङ’को गीत ‘सात भन्ज्याङ’ कस्तो छ ?

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । पुस २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सात भन्ज्याङ’ बोलको मर्मस्पर्शी गीतमा शीर्ष कलाकार दयाहाङ राई र सिर्जना निङलेखु फिचर्ड छन् ।गीतमा डीपी खनालको शब्द, एसडी योगीको संगीत छ । योगी र रेश्मा पुन मगरको गायन छ । एरेन्जर रिकेश गुरुङ हुन् ।
     
    अभी लामाको नृत्य निर्देशन रहेको गीतमा दयाहाङ र सिर्जनालाई लिम्बू, गुरुङ र शेर्पा जातिको पोशाकमा प्रस्तुत गरिएको छ । गीतमा प्रेम र समर्पणको भाव पनि प्रस्तुत छ ।आदिवासी जनजाति समुदायको संस्कृति झल्किने सेटअपमा खिचिएको गीतले फिल्मको कथा पनि भन्न खोजेको देखिन्छ । यम शेर्पाको निर्देशन तथा लेखनमा तयार भएको फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आलेको पनि अभिनय छ ।
     
    निङलेखुको यो डेब्यु फिल्म हो । उनले फिल्ममा लिड फिमेलको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनको जोडी दयाहाङसँग बाँधिएको छ । जितुको जोडी भने दीयासँग बाँधिएको छ ।यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सबीचको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा छन् । सह-निर्माता गोविन्द बोहरा हुन् । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

     

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend