images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • अण्डाको मूल्य हालसम्मकै उच्च, शनिबार देखि...

अण्डाको मूल्य हालसम्मकै उच्च, शनिबार देखि लागु हुने

अण्डाको मूल्य हालसम्मकै उच्च, शनिबार देखि लागु हुने

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • चितवन । लेयर्स कुखुरा पालक किसानले अण्डाको मूल्य हाल सम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबार देखि हाल सम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।

    images
    images

    शनिबार देखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रू ३ हजार ६ सय  र मझौलाको रू ३ हजार ५ सय कायम गरिएको छ । यो सँगै किसानले लागत मूल्य पाउने भएका हुन् ।  नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।

    नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार  किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका हुन् । उनका अनुसार दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री  भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिबार देखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी रू तीन हजार सात सय ५० देखि रू तीन हजार सात सय ८० सम्म र मझौलाको रू तीन हजार छ सय ५० देखि रू तीन हजार छ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।

    images
    images

    पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र  स्कुल कलेज सञ्चालनमा आए सँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ ।

    उनले भने, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ”, उनले थपे, “अण्डाको मूल्य बढे पछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए । उनले भने, “अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।”

    नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका कुखुरा पालक किसान त्रिलोचन कँडेलले बताए । गतवर्ष पनि पुस महिनामा चार पटक अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले भने, “अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान  विस्थापति हुन्छन् । ”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend