images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालले विश्वका डेढ सय बढी मुलुक सँग वैदेशिक व्यापार, अधिकांश मुलुकबाट आयात

नेपालले विश्वका डेढ सय बढी मुलुक सँग वैदेशिक व्यापार, अधिकांश मुलुकबाट आयात

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । नेपालले विश्वका डेढ सय बढी मुलुक सँग वैदेशिक व्यापार गर्दै आएको छ । अधिकांश मुलुकबाट आयात मात्रै हुने गरेको छ, भने केही देशमा भने नेपाली सामान पनि निर्यात हुँदै आएको छ ।

    images
    images

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विश्वका १४९ देशसँग वैदेशिक व्यापार गरेको देखिन्छ । सो अवधिमा कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

    यता, निर्यात रकम भने ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै देखिन्छ । आयातको तुलनामा निर्यात न्युन हुँदा सो अवधिमा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

    images
    images

    गत साउन देखि मंसिर मसान्त सम्ममा कुल ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको सामान नेपालले आयात गरेको हो । नेपालले नामै नसुनेका समेत गरि १३९ वटा देशबाट माल वस्तु आयात गरेको विभागले जनाएको छ ।

    नेपालको ठुला आर्थिक साझेदार सँगको आयात बढ्दो नै देखिन्छ । नेपालको सबैभन्दा ठुलो आयात छिमेकी मुलुक सँग छ । कुल आयातको ६२ प्रतिशत हिस्सा भारतले ओगटेको छ । चालु आवको पाँच महिनामा कुल ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३.९९ प्रतिशत बढी हो । गत आवको पहिलो पाँच महिनामा ३ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    नेपालले भारतबाट ठुलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्छ । भारतबाट पेट्रोल, डिजेल, खाना पकाउने ग्यास, औद्योगिक कच्चा पदार्थ, मोटर गाडी, विद्युतीय उपकरण, खाद्य सामग्री, लत्ता कपडा, विभिन्न औषधी लगायतका विभिन्न सामग्रीहरु ठुलो मात्रामा आयात हुने गरेको छ ।

    भारतपछि नेपालको अर्को ठुलो आर्थिक साझेदार भने चीन हो । कुल आयातमा चीनको हिस्सा १९.८८ प्रतिशत छ । चीनबाट हुने आयातमा पनि बढोत्तरी देखिएको छ । चालु आवको पाँच महिनामा चीनबाट १ खर्ब ३१ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको सामान आयात भएको विभागले जनाएको छ । चीन तर्फको आयात पनि ४.५८ प्रतिशत बढेको छ ।

    गत आवको पहिलो पाँच महिनामा चीनबाट नेपालले कुल १ खर्ब २५ अर्ब ६२ करोड १२ लाख रुपैयाँ बराबरको सामान आयात गरेको थियो । नेपालले चीनबाट सबैभन्दा ठुलो मात्रामा विद्युतीय सामग्री आयात हुने गरेको छ । सर्वाधिक प्रयोग हुने मोबाइल, टिभी, ल्यापटप, टिभी, क्यामेरा लगायतका थुप्रै बिजलुी सामग्री आयात हुन्छ । विभागका अनुसार औद्योगिक कच्च पदार्थ, बिजुली उपकरण, निर्माण कार्य, कृषि तथा उद्योगहरुका लागि आवश्यक मेसिनरी उपकरण, फर्निचर तथा सजावट सामग्री, कपडा तथा तयारी पोशाक देखि घरेलु प्रयोगका सामान सम्म चीनबाट आयात हुने गरेको छ ।

    भारत र चीन बाहेकका अन्य मुलुकबाट हुने आयात पनि उल्लेख्य बढेको विभागको तथ्याङ्कले देखाउँछ । यी बाहेक अमेरिका, अर्जेन्टिना, कतार, क्यानडा, बह्रराइन, थाइल्यान्ड, अष्ट्रेलिया, युक्रेन लगायतका दर्जनौं मुलुकबाट हुने आयात रकम व्यापाक बढेको देखिन्छ ।

    विभागका अनुसार अर्जेन्टिनबाट ११ अर्ब ८० करोड ७ लाख, युक्रेनबाट १० अर्ब ५६ करोड ९७ लाख, अमेरिकाबाट ८ अर्ब ३९ करोड १० लाख, अष्ट्रेलियाबाट ७ अर्ब ९७ करोड ८१ लाख, थाइल्याण्डबाट ६ अर्ब ५० करोड ६६ लाख, इन्डोनेसियाबाट ६ अर्ब १६ करोड ६४ लाख रुपैयाँ बराबरको सामान आयात भएका छन् ।

    यस्तै, मेलेशिया, युएई, कतार, फ्रान्स, क्यानडा, भेटनाम, जर्मनी, कोरिया, साउदी अरेबिया, ओमन, जापान, टर्की, सिंगापुर, बंगलादेश सँगको आयात १ अर्ब माथि छ ।

    स्रोतः भन्सार विभाग

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend