images

२०८३ आश्विन २० गते

images
images
images

हलमा लाग्यो ‘देव वाणी’

हलमा लाग्यो ‘देव वाणी’

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौँ ।  क्रिसमस डे को अवसरमा हलमा ‘देव वाणी’ प्रदर्शन भएको छ। फिल्मका निर्देशक बाबु साहेब बलामी हुन्। एक्सन र ड्रामा जनरामा बनेकाे फिल्म नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन भएको हाे।देशकै ठुला मल्टिप्लेक्स हल क्यूएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मकाे साे छ।

    images
    images

    फिल्ममा सुनिल थापा, नव-कलाकार कुन्दन भारद्धाज, अनुजा लेप्चा, रवीन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ।सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायांकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्।

    मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ।मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।फिल्मको प्रचारका लागि बलिउड अभिनेता ह्यारी जोश तथा कुन्दन भारद्वज अहिले काठमाडौँमा छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend