images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • उच्च पहाडी क्षेत्रमा आज हल्का हिमपात...

उच्च पहाडी क्षेत्रमा आज हल्का हिमपात हुने

उच्च पहाडी क्षेत्रमा आज हल्का हिमपात हुने

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

    images
    images

    काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ। आज काठमाडौंमा न्यूनतम तापक्रम ६ डिग्री र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ।

    आज कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको छ। बुलेटिनमा भनिएको छ, ‘हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।’ 

    images
    images

    महाशाखाले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend