images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती...

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • त्रिवेणी- नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन्। जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो। 

    images
    images

    जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन्। कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु गरेको हो।

    सबैभन्दा बढी उत्पादन गर्ने किसानलाई नगद २० हजार राशिको पुरस्कार वितरण गरिने छ। दोस्रोलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई पाँच हजार नगद पुरस्कारसमेत प्रदान गरिने छ। क्षेत्रफलको आधारमा नभइ उत्पादनको आधारमा उक्त पुरस्कार प्रदान गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए। 

    images
    images

    दिनानुदिन प्याजको प्रयोग बढ्दो तर नेपालमा प्याज उत्पादन नगण्य हुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई केही हदसम्म भए पनि घटाउने उद्देश्यले प्याज प्रवर्द्धन कार्यक्रम अगाडि बढाएको हो। प्याज खेतीका लागि अहिले सामूहिक नर्सरी निर्माण गरिएको छ। नर्सरीमा नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजका बिरुवा हुर्किरहेका छन्। प्याजका लागि नवलपुर जिल्लाको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने वरिष्ठ कृषि अधिकृत सिंहले बताए। 

    कार्यालयले किसानको आवश्यकताअनुसार ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने तथा बीउ निःशुल्क उपलब्ध गराइएको जनाएको छ। साथै कार्यालयले प्याजखेती प्रवर्द्धन कार्यक्रमका लागि १७ लाख बजेट विनियोजन गरेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend