images

२०८३ आश्विन २० गते

images
images
images

क्रिसमसको माहोल तताउन गायिका समीक्षा पोल्यान्डमा, प्रस्तुति सोमबार

क्रिसमसको माहोल तताउन गायिका समीक्षा पोल्यान्डमा, प्रस्तुति सोमबार

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं ।  युरोपेली मुलुक पोल्यान्डमा क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर गायिका समीक्षा अधिकारीको सांगीतिक कार्यक्रम हुने भएको छ।

    images
    images

    एनआरएनए पोल्यान्डको सहयोग 'नेपालिज लिभिङ इन ब्रोस्वाव'को आयोजना तथा मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको प्रस्तुतिमा भोलि डिसेम्बर २३ तारिख सोमबार कार्यक्रम हुन लागेको हो।कार्यक्रमको संयोजक दीपेन्द्र अधिकारीका अनुसार कार्यक्रम ब्रोस्वावस्थित चेरी क्लबमा राति ९ बजेबाट सुरु हुनेछ। ब्रोस्वाव धेरै नेपाली रहेको पोल्यान्डको चौथो ठूलो सहर हो।

    गायिका अधिकारीको साथमा पोल्यान्डमा रहेका स्थानीय नेपाली तथा पोलिस कलाकारको समेत प्रस्तुति रहनेछ। कार्यक्रममा ४ सय बढीको उपस्थिति रहने अपेक्षा अनुसारको अन्तिम तयारी भइरहेको उनले बताए।पोल्यान्डमा रहेका नेपाली समुदायलाई उपस्थित भई दिन आयोजक संस्था 'नेपालीज लिभीङ इन ब्रोस्वाव' को तर्फबाट कार्यक्रम संयोजक अधिकारीले अनुरोध गरेका छन्।

    images
    images

    गायिका अधिकारी पछिल्लो समयमा नेपालकी व्यस्त गायिकामध्ये पर्छिन्। मेला, महोत्सवदेखि विदेशसम्मका सांगीतिक कार्यक्रममा उनको उच्च माग छ।अघिल्लो साता मात्रै बहराइनमा आफ्नो प्रस्तुति दिएर स्वदेश फर्किएकी उनले भोलि आफ्नो सांगीतिक प्रस्तुतिद्वारा पोल्यान्ड तताउने भएकी हुन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend