images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • दोलखाबाट वार्षिक १५ करोड बढीको सुन्तला...

दोलखाबाट वार्षिक १५ करोड बढीको सुन्तला बिक्री

दोलखाबाट वार्षिक १५ करोड बढीको सुन्तला बिक्री

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • दोलखा– आलु तथा तरकारी खेतीको हिसाबले उर्वरभुमी मानिने दोलखामा पछिल्लो वर्षहरूमा यहाँका किसानहरूले फलफूल खेतीबाट पनि राम्रो आम्दानी लिन थालेको छन् ।दोलखामा फलफूल अन्तर्गतको सुन्तला खेतीबाटै मेलुङ र वैतेश्वरका किसानले १५ करोड भन्दा बढी आम्दानी लिने गरेका छन् ।

    images
    images

    दुई पालिकाका किसानको आम्दानीको गतिलो स्रोत सुन्तला खेती बन्दै गएको जिल्लाका व्यवसायीक सुन्तला खेतीमा लागेका किसानहरूले बताउँदै आएका छन् ।सबैभन्दा बढी सुन्तला खेतीको बिस्तार गरिएको मेलुङ गाउँपालिकाको पवटीबाट वार्षिक १२ करोड बढीको सुन्तला उत्पादन तथा बिक्री हुने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।

    अध्यक्ष थोकरका अनुसार पवटी गाउँ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका प्रायजसो किसानले सुन्तला लगाएका छन्।मेलुङ गाँउपालिकाको वडा नम्बर– १ मा पर्ने पवटीको अमले, रुखेनी, ढकाल गाँउ, काब्रे, च्याने, आचार्य टोल लगायतका गाउँमा जिल्ला भरीमै सबैभन्दा स्वादिलो र धेरै सुन्तला उत्पादन हुने गरेको छ ।

    images
    images

    गत वर्ष पवटीबाट करिब १२ करोडको सुन्तला निर्यात भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । हिजोआज यहाँका अधिकांश किसान सुन्तला टिप्न र ग्रेडिङ गर्दै सुन्तला निर्यात गर्न व्यस्त छन्।गत वर्षको तुलना यस वर्ष समयमै सुन्तला आन्तरिक बजारमा निर्यात भएकाले आम्दानी वृद्धि हुनसक्ने किसानहरू बताउँछन् ।पवटी पछि दोस्रो बढी सुन्तला उत्पादन हुने गाउँ गैरिमुदि हो । वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र २ पर्ने गैरिमुदिबाट पनि साढे दुई करोड बराबरको सुन्तला बिक्री हुने गरेको वैतेश्वर–१ का वडा अध्यक्ष भीम बहादुर तामाङले बताए ।

    तामाङ आफैँ पनि सुन्तला खेती गर्ने किसान हुन्।उनले वार्षिक २ देखि ३ लाख बराबरको सुन्तला बिक्री गर्दै आएका छन्।वडा अध्यक्ष तामाङ भन्छन् केही वर्ष अघिसम्म गैरिमुदिका स्थानीयले बाटो अभावमा सुन्तलाबाट आम्दानी लिन सकेका थिएनन् तर अहिले गाउँपालिकाले स्थानीय गाउँ–टोलका सडकको स्तरोन्नति गर्दै पक्की सडक निर्माण गरेसँगै सुन्तला, किबि लगायत फलफूल निर्यात गर्न सहज भएको उनले बताए ।हिजोआज किसानको बोटमै व्यापारी आउन थालेका छन्।किसानले गतिलो सडक पहुँचको उपभोग गर्दै आफ्नो उत्पादनलाई बजारीकरण गर्न पाएका छन् र आम्दानी लिन थालेका छन् ।

    गत वर्ष वडा नम्बर–१ गैरिमुदिबाट एक करोड ५० लाख,वडा नम्बर–२ गैरिमुदि पुतलिकाठबाट र वडा नम्बर–३ मिर्गेबाट एक करोड बराबरको सुन्तला बिक्री भएको थियो।सुन्तला खेतीलाई थप विस्तार गर्न गाउँपालिकाले गत असारमा ६० हजार सुन्तलाको बिरुवा किसानलाई वितरण समेत गरेको छ।यता वडा नम्बर–७ मार्बुले पनि फलफूल तथा सुन्तला खेती विस्तार कार्यक्रम सुरु गरेको वडा अध्यक्ष मिन कुमार सिवाकोटीले बताए ।मेलुङ र  वैतेश्वर बाहेक जिल्लाको कालिञ्चोक गाउँपालिकाको सुन्द्रावती, सुनखानी र गौरीशंकर गाउँपालिकाको सुरि ,खारेमा पनि राम्रो सुन्तला उत्पादन हुने गरेको छ।

    सुन्तला खेतीमा रोग किराको प्रकोप बढ्दो

    सुन्तलाको बोटमा लाग्ने रोग किरा नियन्त्रण नहुँदा कतिपय किसानले सुन्तलाको फल झर्ने,बोट पहेँलो भएर मर्ने तथा फुल झर्ने समस्या देखिएको गुनासो समेत गरेका छन्।कतिपय बोट पहेँलिँदै पात र फल झर्ने गरेपछि जिल्लाका सुन्तला खेती गर्ने कृषक  चिन्तित बनेका हुन् । स्थानीय सरकारले किटनाशक औषधिको व्यवस्था गरे पनि सुन्तलाको बोट र फलमा लाग्ने रोग किरा नियन्त्रण हुन नसकेको उनीहरूको गुनासो रहेको छ।

    स्थानीय कृषि प्राविधिकको सल्लाह अनुसार किटनाशक औषधिको प्रयोग गर्दा पनि फलमा किरा लाग्ने र बोट पहेँलो हुने समस्या नरोकिएको पाइएको छ ।सुन्तलामा २ प्रकारको रोग देखिएको छ । टाइफुलेट’जातको भाले किराले सुन्तलाको फूल र चिचिला झार्ने र पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको कृषि प्राविधिकहरू बताउँछन्।फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे पनि सम्भव हुन नसकेको प्राविधिक तथा वालि विज्ञहरूको भनाई रहेको छ।कतिपय ठाउँमा लगाइएको सुन्तलामा सुहाउँदो माटो नहुँदा पनि सुन्तलाको बोट मर्ने,फल नलाग्ने समस्या रहेको कृषि विज्ञहरूले बताएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend