images

२०८३ आश्विन २५ गते

images
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।

    images
    images

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend