images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • अघि बढ्यो नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र...

अघि बढ्यो नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया

अघि बढ्यो नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढ्ने भएको छ । अब सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने भएको हो ।

    images
    images

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेका थिए । उनले गत वर्ष २०८० को वैशाखमा धितोपत्र बोर्ड संचालकलाई नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए ।

    images
    images

    नयाँ स्टक एक्सेञ्जको आवश्यक हो कि होइन भन्ने विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गर्भनर चिन्तणि शिवाकोटीको नेतृत्वमा समिति समेत बनाइएको थियो ।

    गत वर्षको माघ ९ गते गठन भएको शिवकोटी नेतृत्वको समितिले हालको नेपाल स्टक एक्सेञ्ज(नेप्से) लाई पुनःसंरचना गरि संचालन गर्ने र नयाँ स्टकको लाइसेन्स दिने विकल्पका साथ प्रतिवेदन समेत पेश गरेको थियो ।

    अब सोही समितिले बुझाएको प्रतिवेदनकै आधारमा लाइसेन्स प्रक्रिया अघि बढाउने शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend