images

२०८३ आश्विन २० गते

images
images
images

गोरखा बगुवाको सेरोफेरोमा बनेको नयाँ गीत “बगुवा घुम्न जाम” सार्वजनिक – (भिडियो सहित)

गोरखा बगुवाको सेरोफेरोमा बनेको नयाँ गीत “बगुवा घुम्न जाम” सार्वजनिक – (भिडियो सहित)

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका – ५, बगुवाको भौगोलिक, साँस्कृतिक, पर्यटकीय साथै धार्मिक विषयवस्तु लगायत अन्य विविध पक्षलाई समेटेर निर्माण गरिएको  “ झुल्क्यो डाँडै माथि घाम, गोरखा बगुवा घुम्न जाम” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

    images
    images

    वडा नम्बर –५ को सहयोगमा छायाँ मिडिया ग्रुप प्रा.लिद्वारा निर्माण गरिएको उक्त नयाँ गीत मदन ढकालको शब्द तथा लय, मदन खड्काको  निर्देशन र बिकास ज्ञवालीको सम्पादन रहेको छ । जसमा कलाकारहरु बावुराम सुनार बिष्णु बराम, लेलिया बिश्वकर्मा र रोशनी श्रेष्ठको धमकेदार प्रस्तुती हेर्न सकिन्छ।

    अनमोल बस्नेतको संगीत संयोजनमा गायक घनश्याम खत्री र गायिका कञ्चन पुन मगरको आवाज रहेको नयाँ गीत “गोरखा बगुवा घुम्न जाम” दर्पण छाँया युटूव च्यानलबाट गत  बिहीवार (भिडियो सहित) सार्वजनिक भएको हो ।

    images
    images

    भिमसेनथापा गाँउपालिकाका प्रमुख लोक प्रसाद बन्जारा (अक्कल) को प्रमुख आथित्यतामा सम्पन्न उक्त भिडियो सार्वजनिकीकरण कार्यक्रममा पालिकाका प्रशासकीय प्रमुख चित्र बहादुर अधिकारी, वडा नं–५ का वडाध्यक्ष होम बहादुर बरामु, ७ नम्बर वडाका वडाध्यक्ष नारायण श्रेष्ठ, कार्यपालिका सदस्य सम्झना बसेलको उपस्थिती रहेको थियो ।

    पालिका प्रमुख लोक प्रसाद बन्जारा (अक्कल) ले निर्माण टिमलाई विशेष धन्यवाद दिँदै गीत संगीतको माध्यमबाट समग्र भिमसेनथापा गाँउपालिकालाई नै देशबिदेशमा चिनाउने र पालिकाको समग्र विकासको लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend