images

२०८३ आश्विन २० गते

images
images
images

‘माग्ने राजा’ बाट डेब्यू गर्दै मिस पबी

‘माग्ने राजा’ बाट डेब्यू गर्दै मिस पबी

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं- टिकटकहुँदै मोडलिङमा आएकी मिस पबी अर्थात पवित्रा साकीले फिल्म ‘माग्ने राजा’ बाट डेब्यु गर्ने भएकी छिन् ।

    images
    images

    ऋषि लामिछानेले निर्देशन गर्ने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा सिवाकोटी अनुबन्धित भइसकेका छन् ।वास्तविक नाम पवित्रा साकी भए पनि टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी हुन् ।

    उनले यसै साता फिल्म साइन गरेकी हुन्, जसको‌ जानकारी उनी आफैंले शुक्रवार सामाजिक सञ्जालबाट समेत दिएकी छिन् ।उनी सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेतमा व्यस्त छिन् । अहिले उनी विक्की अग्रवालले निर्देशन गरिरहेको हास्य कार्यक्रम ‘कमेडी दरबार’ मा काम गरिरहेकी छन् ।

    images
    images

    यसअघि उनले डेब्यू गर्ने भनिएको फिल्म ‘राजमहल’ अहिलेसम्म निर्माण हुन सकेको छैन ।त्यसपछि उनी टिभी कार्यक्रमतिर सोझिएकी थिइन् । उनले टेलिश्रृंखला ‘ख्यालठट्टा’ मा पनि अभिनय गरेकी थिइन् । ‘माग्ने राजा’ मा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक ऋषि लामिछानेले बताएका छ्न् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend