images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • गहुँ बालीका लागि मल उपलब्ध गराउन...

गहुँ बालीका लागि मल उपलब्ध गराउन माग

गहुँ बालीका लागि मल उपलब्ध गराउन माग

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • सप्तरी । गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन्। जनमत पार्टी संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद महेशप्रसाद यादव अगुवाइमा किसान सडकमा उत्रिएका हुन्। गहुँ बाली लगाउने बेलामा मलखाद नपाउँदा समस्या भएको भन्दै पटक पटक सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भई सडक सङ्घर्षमा उत्रनुपरेको किसानले बताएका छन्।

    images
    images

    स्थानीय राजरङ्गशालाबाट गोरूगाडा, हलो, मलको खाली बोरालगायत सामानसहित हजारौंका संख्यामा निस्केको किसानका जुलुस ‘मलखादको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरूलाई कारबाही गर’ लगायत नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेको थियो।

    बजार परिक्रमापश्चात राजविराजको सहिद दशन चोकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतले बर्सेनि उत्पन्न हुने मलखाद अभावको स्थायी समाधान नखोजिए आन्दोलनमा जाने बताएका छन्।

    images
    images

    सप्तरीमा ७० हजार हेक्टर खेतीयोग्य जग्गा छ। तर मलखाद अभावमा आधा जग्गामा पनि खेती गर्न कठिन भइरहेको हुनमाननगर कङ्कालिनी नगरपालिका–१ का किसान फुलटेन विश्वासले गुनासो गरे। मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुवै निकायमा अहिले मागअनुसारको मलखाद नहुँदा समस्या भएको जनाइएको छ। मलखादबिनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रदर्शनमा सहभागी किसान विजुली सरदारले भने, ‘बर्सेनि रासायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend