images

२०८३ आश्विन २० गते

images
images
images

‘स्त्री २’ लाई उछिन्दै हिन्दीमा सर्वाधिक कमाउने फिल्म बन्यो ‘पुष्पा २’

‘स्त्री २’ लाई उछिन्दै हिन्दीमा सर्वाधिक कमाउने फिल्म बन्यो ‘पुष्पा २’

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । टाइम्स अफ इण्डियाका अनुसार यो तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको छ ।

    images
    images

    फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो । यसअघि शाहरुख खानको ‘जवान’लाई उछिन्दै ‘स्त्री २’ धेरै कमाउने हिन्दी फिल्म बनेको थियो । यस फिल्मको कमाइ ५९७.९९ करोड भारु छ ।

    प्रदर्शनको १४ दिनसम्म अल्लु अर्जुनको ‘पुष्पा २’ ले ६०७.३५ करोड भारु कमाएको छ । चौधौं दिनमा मात्र फिल्मले १६.२५ करोड भारु कमाएको छ । पहिलो साता नै यसले ७२५ करोड भारु कमाएको थियो । त्यसको ६ दिनमा फिल्मले २५७ करोड भारु अतिरिक्त कमाइ गरेको हो ।

    images
    images

    भारतभर अहिलेसम्म यो फिल्मको कलेक्सन ९७३.१ करोड भारु पुगेको छ । भारतभर धेरै कमाउने फिल्मको कीर्तिमान रच्न यो फिल्मलाई थप ३० करोड जरुरी हुन्छ । भारतमा अहिलेसम्म धेरै कमाउने इतिहास एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २ : द कनक्लुजन’को नाममा छ, जसले भारतीय बक्स अफिसमा एक हजार ३० करोड भारु कमाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend