images

२०८३ आश्विन २० गते

images
images
images

मण्डलामा बिहीबारदेखि नाटक 'हरि हजुरबा' मञ्चन हुँदै

मण्डलामा बिहीबारदेखि नाटक 'हरि हजुरबा' मञ्चन हुँदै

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आज (बिहीबार) देखि नाटक 'हरि हजुरबा' मञ्चन हुने भएको छ।आजबाट सुरु हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन्।

    images
    images

    यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको हो। उनी करिब १० वर्षपछि नाटकमा फर्किएका हुन्।द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।

    अभिनेता बराल नाटक 'मितज्यू' पछि मञ्चमा देखिन लागेका हुन्।चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ।नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ। यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ।

    images
    images

    नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने 'हरि हजुरबा' टिमले जनाएको छ। यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend