images

२०८३ आश्विन १८ गते

images
images
images

चौथो ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, दर्ता आह्वान

चौथो ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, दर्ता आह्वान

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं ।नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाखमा हुने भएको छ।महोत्सव वैशाखमा गर्ने निर्णय भएको र फिल्म दर्ता समेत आह्वान गरिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समावेश गरिनेछ।

    images
    images

    पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यले महोत्सव हुँदै आएको अध्यक्ष सापकोटाले बताए। उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका छोटा फिल्म, डकुमेन्ट्री, फिचर र भाषाभाषीका फिल्म सहभागी हुनेछन्। 'आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुँदै आएको छ। जुरी टिमले छनोट गरेका फिल्महरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ।

    महोत्सवमा फिल्म स्क्रिनिङसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिनेछ। पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो।

    images
    images

    दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए।उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गर्नेछ। चौथो संस्करणको स्थान भने तय हुन बाँकी छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend