images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मञ्जुश्री फाइनान्सको १७औं वार्षिक...

मञ्जुश्री फाइनान्सको १७औं वार्षिक साधारणसभा पुस २८ गते

मञ्जुश्री फाइनान्सको १७औं वार्षिक साधारणसभा पुस २८ गते

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं ।  मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा पुस २८ गते, बिहीबार, काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे आयोजना गर्ने तयारी गरेको छ।

    images
    images

    कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त सभामा विभिन्न महत्वपूर्ण एजेन्डाहरू पारित गर्ने प्रस्ताव गरेको छ। सभामा चालू आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै सेयरधनीहरूलाई ६.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

    यससँगै, नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, ४ जना नयाँ सञ्चालकको निर्वाचन, केन्द्रीय कार्यालय स्थानान्तरण, र अन्य कम्पनीहरूसँग मर्जर वा रणनीतिक साझेदारीका लागि आवश्यक निर्णयहरू पारित गरिने छन्।

    images
    images

    कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस ९ गतेसम्म नाममा सेयर कायम गराएका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend