images

२०८३ आश्विन २० गते

images
images
images

प्रणय दिवसमा आउने दुःखी आत्माको फस्ट लुक्स

प्रणय दिवसमा आउने दुःखी आत्माको फस्ट लुक्स

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । निर्देशक दीपेन्द्र लामाले आफ्नो पछिल्लो चलचित्र दुःखी आत्माको रिलिज मिति घोषणा सहित तीन वटा पोष्टर (फस्ट लुक्स) सार्वजनिक गरेका छन् । यो चलचित्र उनले प्रणय दिवसको अबसर पारेर २ फागुनबाट विश्वव्यापी रिलिज गर्ने भएका छन् ।

    images
    images

    निर्देशक लामाले यतिबेला विभिन्न ३ वटा डिजाइनका पोस्टर सार्वजनिक गरेका हुन् । जस मध्य एउटामा अभिनेता दयाहाङ राई एकल रुपमा छन् । अर्को पोष्टरमा दयाहाङ र आँचल शर्माबीचको प्रेम सम्बन्धलाई दर्शाईएको छ । यस्तै तेश्रो पोष्टरमा भने यो चलचित्रका मुख्य कलाकार दयाहाङ र आँचलसँगै अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मालाई समेटिएको छ । यिनै पोष्टरहरु अब प्रचार प्रसारमा प्रयोग हुने पनि निर्देशक राईले बताएका छन् ।

    यो चलचित्रको लागि उनले यसै साता कवि श्रवण मुकारुङका १० वटा कविता रेकर्ड गराए । ती कविताहरु चलचित्रमा समेटिने पनि उनले बताएका छन् । चलचित्रमा अभिनेता दयाहाङको विभिन्न परिवेशमा आरोह अवरोहको रुपमा यो कविताहरु प्रत्यक्ष तथा परोक्ष रुपमा प्रस्तुत हुने पनि निर्देशक लामाको कथन छ ।

    images
    images

    क्लक वर्क क्रिएसनको ब्यानरमा बनिरहेको यो चलिचत्रको निर्मातामा हिमाल कडरिया रहेका छन् । यसको कार्यकारी निर्माता सुदिप ढकाल हुन । चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ भने यसलाई निमेष श्रेष्ठले सम्पादन गरिरहेका छन् । चलचित्र दुःखी आत्मालाई आरआर फिल्मसले नेपालमा बितरण गर्ने भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend